महोत्तरी - महोत्तरी मटिहानी मठका महन्त जगन्नाथ दासलाई प्रहरीले कीर्ते हस्ताक्षर गरि पैसा झिकेको आरोपमा पक्राउ गरेको छ।
महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरेको आरोपमा दासलाई पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। दासमाथि सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरेर बैंकबाट ७० लाख भन्दा धेरै रकम झिकेको आरोप छ।