रोनाल्डो चेल्सी जाने चर्चा

काठमाडौँ -  म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डो प्रतिद्वन्द्वी क्लब चेल्सी जाने चर्चा चलेको छ। तर, युनाइटेडले भने उनी आगामी सिजन क्लबमा नै रहने विश्वास व्यक्त गरेको छ।

पोर्चुगिज फरवार्डका एजेन्ट जोर्ज मेन्डेजले गत हप्ता चेल्सीका अध्यक्ष टोड बोहेलीसँग भेटवार्ता गरेका थिए। उनीहरुबीच रोनाल्डोको विषयमा पनि छलफल भएको बताइएको छ। युनाइटेडले भने मेन्डेज अन्य खेलाडीको पनि एजेन्ट रहेकाले सो भेट स्वाभाविक भएको जिकिर गरेको छ। क्लबले रोनाल्डो बिक्रीमा नरहेको स्पष्ट पनि पारेको छ।

५ पटकको बालोन डि’ओर विजेता खेलाडी र युनाइटेडबीच अझै एक वर्षको सम्झौता बाँकी रहेको छ। उनी नयाँ प्रशिक्षक एरिक टेन ह्यागको टोलीमा प्रमुख खेलाडी बन्ने अपेक्षा गरिएको छ।

गत सिजन युनाइटेडले खराब प्रदर्शन गर्दा रोनाल्डोको भने प्रिमियर लिगको गोल्डन बुटको सूचीमा उनी १८ गोलसहित तेस्रो स्थानमा सिमित बनेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×