काठमाडौं - मोरङको पथरी शनिश्चरे नगरपालिका–८ बस्ने उतम राईको घरमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजार बस्ने रबिन्द्र मुखियाको मोबाइल पसलमा विद्युत सर्ट भई बिहीबार बेलुकी आगलागी हुँदा मोबाइल तथा मोबाइलका सामानहरू समेत जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
अछामको रामारोशन गाउँपालिका–३ धामीबाडा बस्ने ललित जंग खत्रीको पसलमा बिहीबार साँझ आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।