पञ्जाबसँग बैंगलोर पराजित

 काठमाडाैँ - इन्डियन प्रिमियर लिग आइपिएलमा पञ्जाब किंगस्ले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ। गएराति मुम्बईमा भएको खेलमा पञ्जाबले बैंग्लोरविरुद्ध ५४ रनको जित निकालेको हो।

पञ्जाबले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो। बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ३५ रन जोड्दा रजत पटीदारले २६ रन बनाए। कप्तान विराट कोहली २० रनमा आउट भए। 

पन्जाबका कागिसो राबडाले ३ तथा ऋषि धवन र राहुल चाहरले २–२ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन जोडेको थियो।  पञ्जाबका लागि लियाम लिभिङस्टोनले ७० रनको अर्धशतकीय इनिङ खेले। जोनी बेयर्स्टोले ६६ रनको अर्धशतकीय इनिङ खेल्दा शिखर धवनले २१ रन जोडे। कप्तान मयांक अग्रवाल १९ रनमा आउट भएका थिएका तिए।

बैंगलोरका हर्सल पटेलले ४ तथावानिन्दु हसरंगाले २ विकेट लिए। जितसँगै पञ्जाबले १२ खेलमा ६ जित नकिाल्दै प्लेअफ खेल्ने सम्भावना कायम राखेको छ। १२ अंक सहित पञ्जाब छैटौं स्थानमा रहेकाे छ भने बैंगलोर १३ खेलमा १४ अंकजोडेर चौंथो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×