कर्णालीमा न्यून दल चुनावी प्रतिस्पर्धामा

कर्णाली - कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलको सङ्ख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ। कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिदैछन्। सुर्खेतमा विभिन्न २५ दल  र डोल्पामा मान्यता प्राप्त छ सहित ११ दलले प्रतिस्पर्धा गर्ने भएका हुन्। सुर्खेतमा छ राष्ट्रिय मान्यता प्राप्त दल र १९ साना दल गरी २५ दलले निर्वाचनमा भाग लिने भएको निर्वाचन आयोगको प्रदेश कार्यालयले जनाएको छ। 

राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालसहित दलले निर्वाचनमा भाग लिने भएका हुन्।अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट पाँच जनासहित नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मात्र चुनाव जितेको उक्त कार्यालयले जनाएको छ। 

कर्णालीका अन्य जिल्लामा रुकुमपश्चिम र सल्यानमा १२–१२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालिकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने कार्यलय प्रमुख दुर्गा चालिसेले जानकारी दिए। उल्लेखित दलले मात्रै निर्वाचनमा चुनाव चिन्ह पाउने र  बाँकीले भने अन्य दलको चुनाव चिन्हमा निर्वाचन लड्नुपर्ने छ।

यस्तै कर्णाली प्रदेशमा १० निर्वाचन अधिकृत फेरिएका छन्। यसअघिका निर्वाचन अधिकृतलाई हटाउँदै सरकारले नयाँ निर्वाचन अधिकृत खटाएकामा सल्यानको कुमाख र त्रिवेणी गाउँपालिका, कालीकोटको नरहरिनाथ, पलाता र सान्नीत्रिवेणी गाउँपालिका, हुम्लाको ताँजाकोट र सर्केगाड गाउँपालिका, जाजरकोटको कुसे र जुनीचाँदे गाउँपालिका र दैलेखको ठाटीकाँध गाउँपालिकामा नयाँ निर्वाचन अधिकृत खटाइएको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×