काठमाडौँ - युईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा विजयी हुँदै टोटनहम र फ्रयांकफर्ट समूह डी बाट अन्तिम १६ मा प्रवेश गरेका छन्।
क्लेमन्ट लेङलेट र पिइरी इमाइल होजबर्गको समान १/१ गोल मद्दतमा टोटनहमले मार्सेलीलाई २-१ ले निराश पार्यो। फ्रेन्च लिग वान क्लबविरुद्ध अंक बाँडेमा मात्र पनि टोटनहमलाई नकआउट चरणमा प्रवेश गर्न सफल हुने थियो।
टोटनहमले सन् २०१९-२० पछि च्याम्पियन्स लिगको समूह चरण पार गरेको पहिलो पटक हो।
यस्तै, फ्रयांकफर्टले अन्तिम १६ को टिकट काट्ने क्रममा स्पोर्टिङ लिस्बनलाई २-१ ले हराएको छ। ६ खेलमा ११ अंक जोेडेको टोटनहम समूह डी को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्दा फ्रयांकफर्ट १० अंकसहित समूह उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ। तेस्रो स्थानको स्पोर्टिङ लिस्बनको ७ अंक रह्यो भने चौथो स्थानको मार्सेलीको ६ अंक रह्यो। दुबै क्लब समूह चरणबाट माथि बढ्न सकेनन्।