हराएका मोटरसाइकल फेला पारी धनीलाई बुझाइयो

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा हराएका २६ वटा मोटरसाइकल तथा स्कुटर फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।

महाशाखामा आज १७ मोटरसाइकल र ९ वटा स्कुटर धनीलाई हस्तान्तरण गरिएको हो। उपत्यका र आसपासका पशुपति क्षेत्र, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, किर्तिपुर, सातदोबाटो, कलङ्की, बसपार्कलगायत स्थानबाट ति मोटरसाइकल हराएको थियो।

महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना सङ्कलन गरी मोटरसाइकल फेला पारेको हो। चालु आर्थिक वर्ष २०७८÷७९ मा हराएका २२३ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ। मोटरसाइकल चोरीमा संलग्न ३२ जनालाई कारबाहीका लागिा सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×