असहमत देखिएका मुख्यमन्त्री पाण्डेले अन्ततः राजीनामा दिँदै

काठमाडौँ - प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका-एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् । 

बागमती प्रदेशमा  एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलनको तयारी गर्नु पनि हो । माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छोड्न सकारात्मक देखिएका हुन् । 

उनले आज संसदीय दलको बैठक बोलाएर राजीनामा दिने तयारी गरेका छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×