सन्दीप लामिछानेको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा फैसला कहिले ?

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ गर्ने भएको छ।

आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ।

सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ। आइतबारदेखि जिल्ला अदालतको बन्द इजलासमा मुद्दाको सुनुवाइ भएको हो ।

आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए। बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको बताइएको छ।

क्रिकेटर सन्दीप लामिछानेमाथि एक किशोरीलाई बलात्कार गरेको अभियोग छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×