काठमाडौँ - बीस वर्षमुनिका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू-२० एसियन कप छनोटका लागि बुधबार प्रारम्भिक चरणमा २५ सदस्यीय टोलीको घोषणा गरेका छन्।
यही भदौ २५ देखि असोज २ गतेसम्म हुने प्रतियोगिताका लागि प्रशिक्षक केसीले २५ सदस्यीय टोलीको घोषणा गरेका हुन्। छनोटमा नेपालसहित कतार, बहराइन, बङ्गलादेश र भुटान रहेका छन्।
छनोट हुने नेपाली टोलीको गोलकिपर - ईश्वर गुरुङ, उनेश चौधरी, जियारत शेख र टोपबहादुर राना छन्।
डिफेन्डर -अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, अभिषेक वाइवा, जान ताम्ली, शेखर खवास, श्यान्सु भुसाल र राज ठोकर छन्।
मिडफिल्डर - दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, कृतिशरत्न छञ्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा र सञ्जीव लामा छन्।
फरवार्ड - निरञ्जन मल्ल र रोहन खड्गी छन्।
उक्त नेपाली टोलीले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रशिक्षण गरिरहेका छन्।