विदेशी चलचित्रसँग भिड्दै 'म यस्तो गीत गाउँछु २' 

काठमाडौँ। नेपाली चलचित्र 'म यस्तो गीत गाउँछु २' आजबाट देशभरिका सिनेमाघरहरूमा प्रदर्शन भइरहेको छ। सुदर्शन थापाको निर्देशनमा तयार भएको गीतको भिडियोमा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा रहेका छन्। 

त्यसैगरि आजबाटै आलिया भट्टको बहुप्रतिक्षित चलचित्र ‘गंगुबाई काठियावाडी’ पनि प्रदर्शनमा आएको छ। सञ्जय लीला भंसालीको निर्देशनमा बनेको यो चलचित्रमा अजय देवगनको अभिनय पनि रहेको छ।

दक्षिण भारतीय चलचित्र ‘बलिमाई’ पनि आजै प्रदर्शनमा आएको छ। बोनी कपुरको निर्माणमा बनेको चलचित्रमा अजित कुमार मुख्य भूमिकामा रहेका छन्। र, टम हल्यान्डको हलिउड चलचित्र ‘अनचार्टेड’ पनि आजै सिनेमाघरमा लागेको छ।

कोरोनाको महामारीपछी प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले दर्शकलाई सिनेमाघरमा फर्काउने आशा गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×