भारतमा तेह्र हजार भन्दा कम कोरोना सङ्क्रमित

काठमाडौँ - भारतमा एक दिनमा १३ हजार भन्दा कम कोरोना भाइरस सङ्क्रमित भएका छन्।  सरकारी अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १२ हजार ७५१ नयाँ सङ्क्रमित भएका हुन्।  हिजो प्रकाशित तथ्याङ्कअनुसार आइतबार यहाँ १६ हजार १६७ व्यक्ति सङ्क्रमित भएका थिए। 

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ७४ हजार ६५० सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ। भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले  सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ३१ हजार ८०७ रहेको छ। 

यहाँ कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार सात सय ७२ व्यक्तिको मृत्यु भइसकेको छ। यहाँ कूल चार करोड ३५ लाख भन्दा बढी  कोरोनामुक्त भएका छन् । 

एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन्। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म २ अर्ब ६ करोड ५७ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ। 

भारतमा कोरोना सुरु भएबाट हालसमम ८७ करोड ८० लाख  भन्दा बढी व्यक्तिको कारोना भाइरस परीक्षण भएको जनाइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×