बासबिनाको एकीकृत नमुना बस्ती

कालिकोट - रास्कोट नगरपालिका—७ पोखरीकोट पुग्नेलाई जोकोही निलो जस्तापाताले सिँगारिएका एकनास घर देखेर लोभिन्छ। पहाडी भूभागमा एकै आकारका लहरै नयाँ घर देखिँदा आकर्षित नहुने कुरै भएन।

पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमुना बस्ती हो । अहिले त्यहाँ पुगेर धेरैले तस्बिर खिच्ने, सेल्फी खिच्ने र टिकटक बनाउने गरेका छन्। बाहिरबाट हेर्दा जति आकर्षक लागे पनि त्यही पुग्दा भने बस्ती बस्ती जस्तो छैन। सुनसान छ। मान्छेबिनाका रित्ता घर एक्लै उभिएका छन्।

पहिरोले जमिन चिरिएर बस्दै आएको ठाउँ बस्न अयोग्य भएपछि कर्णाली प्रदेश सरकारले पहिलोपटक एकीकृत नमुना बस्तीको अवधारणा ल्यायो । पहिरोले गाउँ नै जोखिमयुक्त बनाएपछि त्रिपालको साहारामा बस्न बाध्य स्थानीयका लागि सरकारले चिटिक्क परेको घर बनाइदियो।

वास्तविक पहिरो पीडितलाई यो आकर्षक घरले तानेन। उनीहरू अहिले पनि पहिरोले चिरिएकै जोखिमयुक्त ठाउँमा बसिरहेका छन् । एकीकृत बस्तीका अधिकांश घरमा ताला लागेको छ ।

पहिरोले पूर्णरूपमा घरमा क्षति भएका ७३ परिवारका लागि आवास बनाइयो । तर, नमुना बस्तीमा हाल १६ परिवार मात्रै बस्ने गरेको वडाअध्यक्ष कपुर महतारा बताउँछन्। ‘धेरैजसो पुरानै थलोमा खेतीपाती गरेर बसेका छन्, कोही कोही राति सुत्न मात्रै आउँछन्।’ महतराले भने, ‘ठूलो पानी प¥यो भने राति बास बस्न आउने गरेका छन् ।’ कनै रोजगारी नभएको खेतीपाती वस्तुभाउ सबै पुरानै ठाउँ भएकाले स्थानीय नयाँ घरमा नसरेको उनको भनाइ छ।

त्यसो त बस्तीनजिक विद्यालय छैन। खानेपानी र बत्ती पनि अभाव छ । एकीकृत बस्ती बन्ने भनेपछि निकै रमाएका उनीहरू घर बनाउँदा ऋण लागेपछि निराश छन । जग्गा सम्याउनेदेखि भेल तर्काउन नालालगायतका एकीकृत बस्ती आकर्षण बनाउन बगैंचासहितका संरचना बनाउन लागिपरेको वडाध्यक्ष महताराले बताए।
राजधानी दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×