सुवर्ण थापाको निर्देशनमा फिल्म ‘भृकुटी’ बन्ने

काठमाडौँ - फिल्म ‘भृकुटी’ बन्ने घोषणा भएको छ। चिनियाँ र नेपाली निर्माताको सहकार्यमा बन्ने फिल्मको निर्माणका लागि सम्झौता भइसकेको छ.

चीनमा आयोजित ‘बेइजिङ अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२’मा फिल्म बनाउने घोषणा गरिएको निर्देशक सुवर्ण थापाले बताएका छन्। नेपालको तर्फबाट केशव बहादुर कुँवर र बेइजिङ औलिन कल्चर मिडिया कम्पनीका महाप्रबन्धक सियाङ युबिच फिल्म निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

फिल्म ‘भृकुटी’मा थापाकै निर्देशन रहनेछ। फिल्ममा थापा स्वयम र तेजेन्द्र शेरचनले फिल्मको कथा रहनेछ।

राष्ट्रिय विभूति अर्थात हरिततारा नामले परिचित ‘भृकुटी’को जीवनीमा आधारित यो फिल्म ऐतिहासिक हुने निर्देशक थापाको भनाइ छ। अध्ययन र अनुसन्धानमा रहेर भृकुटीको गरिमामा हानी नगरी भृकुटीको कालखण्डलाई फिल्‍ममा नेतृत्व गर्ने उनले बताएका छन्।

नेपाल र चीनमा छायाङ्कन रहने फिल्मको लागि कलाकारहरू भने फाइनल भएका छैनन्। यस फिल्ममा दुवै देशका कलाकारहरूको अभिनय रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×