डच डिफेन्डर बायर्न जाने पक्का

काठमाडौँ - डच डिफेन्डर म्याथिस डी लिग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध हुने पक्का भएको छ। आफ्ना स्टार खेलाडी रोबेर्टाे लेवान्डोस्कीलाई बेचेको बायर्नले डी लिग्टलाई अनुबन्ध गर्न लागेको हो। यद्यपी डी लिग्ट र लेवान्डोस्कीको भूमिका फरक छ।

बार्यनले यसअघि सेनेगलका स्टार खेलाडी साडियो मानेलाई अनुबन्ध गरिसकेको छ। डी लिग्ट अनुबन्धका लागि इटालियन क्लब युभेन्ट्स र बायर्नबीच सहमति भएको डेली मेलले जनाएको छ। डी लिग्टले बायर्नसँग ५ वर्षको सम्झौता गर्ने बताइएको छ। २२ वर्षीय सेन्टर ब्याक डी लिग्ट ३ वर्ष युभेन्ट्समा बिताएर जर्मन आउन लागेका हुन्।

डी लिग्टले युभेन्टसका लागि उनले १ सय १७ खेल खेलेका छन्। उनले नेदरल्यान्डका लागि उनले ३८ खेल खेलेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×