‘प्रेम गीत–३’ भारतमा ‘विश्वजितम’ नामबाट रिलिज हुने

काठमाडौँ - चलचित्र ‘प्रेम गीत–३’ नेपालसँगै भारतमा पनि एकसाथ रिलिज हुने भएको छ। असोज ७ गते यो चलचित्र नेपालसँगै भारतमा पनि रिलिज हुने भएको हो। 

असोज ७ गते नै चलचित्र भारतसँगै विश्वरभर रिलिज हुने निर्माता सन्तोष सेनले जानकारी दिएका छन्। उनका अनुसार हिन्दी भाषामा यो चलचित्र ‘विश्वजितम’का नामबाट रिलिज हुनेछ। 

सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेको चलचित्र कोभिड संक्रमणको महामारी अगाडि नै निर्माण सम्पन्न भएको थियो। तर, लकडाउनका कारण चलचित्र रिलिज हुन सकेन। 

चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा रहेका छन्। 

सन्तोषले यो चलचित्र लामो समय मुम्बइमा बसेर हिन्दी भाषामा डबिङ गराएका थिए। भारतीय चलचित्र वितरकले व्यवसायिक रुपमा नेपाली चलचित्र रिलिज गर्न लागेको यो पहिलो पटक हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×