टी-२० विश्व कप: आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै

काठमाडौँ - टी-२० विश्व कप क्रिकेटमा आज एक खेल हुँदैछ। आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन्।

सुपर १२ को समूह ‘२’ को यो खेल दिउँसो पौने २ बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ। दक्षिण अफ्रिका ३ खेलमा ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने पाकिस्तान २ अंकसहित पाँचौँ स्थानमा रहेको छ।

हिजो एडिलेडमा भएको रोमाञ्चक खेलमा भारतले बङ्लादेशलाई ५ रनले हरायो।

जितसँगै भारत ४ खेलमा ६ अंकसहित समूह ‘२’ को शीर्ष स्थानमा उक्लिएको छ। बङ्लादेश ४ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ। जिम्बाब्वे ३ अंकसहित चौथौ र नेदरल्यान्ड २ अंकसहित छैटाैँ स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×