‘चिसो एस्ट्रे’ को गीत ‘बाबा पशुपतिनाथ'मा सविन राईको आवाज

काठमाडौँ। लोकप्रिय गायक सविन राईको आवाज रहेको नेपाली चलचित्र  ‘चिसो एस्ट्रे’ को नयाँ गीत ‘बाबा पशुपतिनाथ…’ सार्वजनिक भएको छ। चैत ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको सो गीत शिवरात्रीको उपलक्ष्यमा सोमबार सार्वजनिक गरिएको हो। गीतमा अजर जंगमको संगीत र दिनेश पाल्पालीको शब्द रहेको छ।

दिनेश पाल्पालीकै निर्देशन रहेको चलचित्र कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको हो। चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। त्यसैगरि रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा सहनिर्माता रहेको चलचित्रमा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ,सृष्टि श्रेष्ठ आदि कलाकारहरुको अभिनय रहेको छ।
गीतको भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×