ललितपुर- ललितपुर महानगरपालिकाले नगर क्षेत्रमा दोस्रो चरणमा थप ‘स्मार्ट स्ट्रिट लाइट’ (सडक बत्ती) जडान गर्न गर्ने भएको छ। मेयर चिरिबाबु महर्जनका अनुसार नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोग र महनगरपालिकाको लगानीमा थप ११ सय सडक बत्ती जडान गर्न लागिएको हो।
बुङ्मती, खोकना, सुनाकोठी, धापाखेल, भैंसेपाटी, हरिसिद्धीलगायतका क्षेत्रका सडक पनि अब अध्याँरोमुक्त हुने उनले बताए। करिब ९ करोड बत्ती जडानको गर्न लागिएको महानगरले जानकारी दिएको छ।
यसअघि ललितपुरको मुख्य शहरी क्षेत्रमा जडान भएका ६६९ वटा बत्तीले रातको समयमा शहरमा प्रभावकारी भएकाले अन्य क्षेत्रमा पनि जडानको काम अघि बढाउन लागिएको उनले बताए। महत्वपूर्ण चोकमा १४ वटा हाइमास्ट स्मार्ट सडक बत्ती पनि जोड्न लागिएको उनले बताए।
दोस्रो चरणमा ११ सय स्मार्ट सडक बत्ती जोडेपछि तेस्रो चरणमा चक्रपथको ललितपुरभित्र पर्ने ७.९ किलोमिटर खण्डमा पनि बत्ती जोड्न टेन्डर हुने र त्यसका लागि पूर्वतयारीको काम भइरहेको उनले जानकारी दिए।