भाडामा बस्ने दुर्गमका विद्यार्थीलाई इन्डक्सन चुलोका लागि निवेदन दिन आह्वान

काठमाडौँ - सरकारले काठमाडौँ उपत्यकामा भाडामा बसेर अध्ययन गरिरहेका दुर्गम क्षेत्रका विद्यार्थीलाई इन्डक्सन चुलो (विद्युतीय चुलो) उपलब्ध गराउने भएको छ। वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले काठमाडौँ उपत्यकामा घर भाडामा लिइ सरकारी वा सामुदायिक शिक्षण संस्थामा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत दुर्गमका विद्यार्थीलाई ग्यास चुलोका लागि निवेदन दिन आह्वान गरेको छ।

निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिस पेश गर्नु पर्नेछ।

यस योजनाबाट विद्यार्थीहरुलाई खाना पकाउने एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहत हुने र विद्युतीय चुलोको पनि प्रवर्द्धन हुने वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको भनाइ छ। इन्डक्सन चुलोका लागि फागुन २५ गतेसम्म निवेदन दिन सकिने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×