‘झिल्टुङ क्रसकन्ट्री दौड’मार्फत खेलाडीको प्रतिभा र ‘झिल्टुङ’को महत्वको खोजी

नुवाकोट - ‘झिल्टुङ क्रसकन्ट्री दौड’मार्फत बेलकोटगढी नगरपालिकाको प्रसिद्धस्थल ‘झिल्टुङ’को विभिन्न स्थान केन्द्रित गराइ उक्त स्थानको सामाजिक जीवनशैली, धार्मिक तथा ऐतिहासिक महत्वको प्रचार–प्रसारमा जोड दिन केन्द्रित गराउने लक्ष्य लिइएको छ। प्रतियोगिताले खेल पर्यटन भित्र्याउन महत्वपूर्ण सहयोग पुग्नेछ भने पहाडी तथा साहसिक भू–भागमा दौड प्रतियोगिताका लागि काठमाडौँबाट ५५ किमी दूरीमा पर्ने कोल्पुटारमा राष्ट्रियस्तरका थप प्रतियोगिता सञ्चालनको गन्तव्य बनाउन प्रयास भइरहेको दौड प्रतियोगिताको संयोजक मोहन नेपालको योजना छ। “यही प्रतियोगितामा सहभागी हुनुभएका कान्छीमाया कोजी, सन्तोषी श्रेष्ठ, भूमिराज राईले अन्तराष्ट्रिय प्रतियोगितासम्म प्रतिस्पर्धा गर्न पुगिसकेका छन्”, उनले भने, “विद्यार्थी भाइबहिनी, आमा र बुवा समूह तथा भेन्ट्रास (प्रौढ) समेतलाई हेर्दा एउटै प्रतियोगितामा तीन पुस्ताले सहभागिता जनाउने अवसर पाउनु नौलो सन्देश हो।”

महाकवी लक्ष्मीप्रसाद देवकोटाले ‘पहाडी जीवन’ निबन्धमा उल्लेख गरिएको रसुवाको गोसाइँकुण्डभन्दा नुवाकोटको बेलकोटगढी नगरपालिकामा रहेको झिल्टुङ पहाडी सभ्यतामा उत्कृष्ट रहेको उल्लेख गरिएको छ भने कुञ्जिनी खण्डकाव्यमा उल्लेख गरिएका पात्र गोरे र स्थान काल्पुखोलालगायतका ठाउँको अबको दिनमा प्रचार–प्रसारका लागि समेत दौड प्रतियोगितामार्फत इतिहासलाई पुनःताजगीकरण गर्न सहयोग पुग्ने स्थानीय समाजसेवी तथा पत्रकार नारायणप्रसाद नेपालको भनाइ छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×