कांग्रेस अधिवेशन: सुर्खेतका ४ प्रदेश क्षेत्रमा नेतृत्व चयन

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ।

हिजो शनिबार सम्पन्न अधिवेशनले मतदानमार्फत् प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्वको टुङ्गो लगाएको हो। सहायक जिल्ला निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाका अनुसार सुर्खेत क्षेत्र नं १ प्रदेशसभा क्षेत्र (क) मा केशर वली, (ख) मा भुपेन्द्र सुवेदी, क्षेत्र नं २ को प्रदेशसभा (क) मा कर्णबहादुर बुढा र (ख) मा तेजबहादुर बस्नेत सभापति पदमा निर्वाचित भएका छन्। अधिवेशनबाट प्रदेशसभा कार्यसमितिका साथै प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ। सहायक निर्वाचन अधिकृत सापकोटाले सोमबार सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशन र यही मङ्सिर १० गते जिल्ला अधिवेशन हुने जानकारी दिए।

जिल्ला अधिवेशनमा जिल्लाका सात पदाधिकारी र १० महासमिति सदस्य चयन हुनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×