बालिकालाई अनलाइन यौन व्यवसायमा लगाएको आरोपमा युवती पक्राउ

काठमाडौं । आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई प्रलोभनमा पारी अनलाइन यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार माकलबारीबाट पक्राउ गरेको हो ।

उनले अनलाइन टाइपिङको रोजगारी दिने भन्दै सामाजिक सञ्जाल ‘स्ट्रिप च्याट’ मा बालिकाहरूको अकाउन्ट खोली लाइभ भिडिओ च्याटमा बस्न लगाई यौनका कुरा गर्ने, गोप्य अंग देखाउन लगाउने जस्ता कार्य गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×