फिल्म ‘बाबरी’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ - सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’को नयाँ पोस्टर सार्वजनिक भएको छ। यसअघि धीरज मगर र अदिती बुढाथोकीलाई मात्र पोस्टरमा समेटिएको थियो। बिहीबार सार्वजनिक नयाँ पोस्टरमा डेब्यु अभिनेता धीरज नाडकर पनि अटाएका छन्। उनी अभिनेत्री तृप्ति नाडकरका छोरा हुन्।

सार्वजनिक पोस्टरमा धीरज मगर, अदिती र धीरज नाडकरको मित्रता झल्किएको छ। फिल्मको कथावस्तु त्रिकोणात्मक रहेको अनुमान गरिएको छ। फिल्ममा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलीप गुरुङको पनि अभिनय रहेको छ।

भदौ ३१ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर साउन ३० गते रिलिज हुँदैछ। निर्देशक पौडेलको कथा र सम्पादन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत रहेको छ। फिल्ममा नरेन्द्र मैनालीको छायांकन तथा एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ।

बाबरी फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी निर्माता छन्। सुष्मा गुरुङ सहनिर्मात्री रहेकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×