काठमाडौँ। गायक विजय शङ्खरको ‘ओके छ त’ शीर्षकको साङ्गीतिक सौगात सार्वजनिक भएको छ। यस गीतमा उनलाई गायिका सुदिता राईले स्वरमा साथ दिएकी छिन्। युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीत गायक शङ्खर र मुनाल शिशिर कोइरालाले संयुक्तरुपमा लेखेका हुन्। दीपकराज विश्वकर्माको सङ्गीत रहेको गीतमा कुशल सिंहले सङ्गीत संयोजन गरेका छन्। ललितपुरको गोदावरीमा छायाङ्कन गरिएको उक्त गीतमा स्रव्यदृश्य उत्तम हुमागाईंले, सम्पादन शिलन लम्सालले, कोरियोग्राफी सुरेन्द्र बसेलले र अभिनय सुधिर श्रेष्ठ तथा सुनिशा बजगाईले गरेका छन्। गायक कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ड्याडी एण्ड डटर्स’ नामक च्यानलमार्फत सार्वजनिक गरिएको हो। गायक शङ्खरले केही समय अघि ‘माया बैगुनी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका थिए।
भिडियो: