८० वर्षका अमिताभले खुट्टाले हानेर फुटाए सिसाको भित्ता

भारत। बलिउड उद्योगका लोकप्रिय अभिनेता अमिताभ बच्चनले आफ्नो कलाकारिताले दर्शकहरुको मनमा यस्तो छाप छोडेका छन् जसलाई मेटाउन सम्भव छैन। सामाजिक सञ्जालमा सक्रिय रहने अमिताभले आफुसँग सम्बन्धित कुराहरूको जानकारी प्रशंसकलाई दिने गर्छन्। हालै अमिताभ बच्चनले आफ्नो एक तस्विर शेयर गरेका छन्, जसलाई देखेर प्रशंसकहरू छक्क परेका छन्। उनको यो तस्विरलाई निकै मनपराईएको छ।

अमिताभ बच्चनले अपने इंस्टाग्राममा एक तस्विर शेयर गरेका छन्। तस्विरमा उनी कुनै फिल्म सेटमा एक सिसाको भित्तालाई खुट्टाले हानेर फूटाइरहेको देख्न सकिन्छ। त्यसको क्याप्सनमा उनले लेखेका छन् " ५३ वर्ष पछी ८० वर्षको उमेरसम्ममा, केहि त्यस्ता चिज छन् जुन परिवर्तन हुदैनन्, एक्सन।" उनले आफ्नो धमाकेदार अन्दाज देखाएको यो पहिलो पटक भने होइन। ८० वर्षका अमिताभ बच्चन आफ्नो शारीरिक स्वास्थ्यलाई लिएर निकै सचेत रहन्छन् र चलचित्रमा पनि चुस्त रहन्छन्।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×