हाइकिङका सौखिन गायक राजु लामा

काठमाडौँ - गायक राजु लामाका बादलपारिको देशबाट, हल्ला चलेछ, पर्खाइमा, तिमीलाई देखेर, गाजलु टीका, उँभो-उँभो खासालगायत दर्जनौँ गीत लोकप्रिय छन्। उनले नेपाली, तिब्बती र तामाङ भाषामा समेत गीत गाइसकेका छन्।

२५ वर्षभन्दा लामो समयदेखि गायनमा सक्रिय लामाको अर्को विशेषता सधैँ उस्तै फिट र हँसिलो देखिनु हो। ‘म अत्यधिक हाइकिङ गर्छु। नेपाल र न्युयोर्क हुँदा पनि हिँडिरहेको हुन्छु।

काठमाडौंबाट नजिकका शिवपुरी डाँडा, नागार्जुन डाँडा, सुन्दरीजलपारि, चन्द्रागिरि, चित्लाङ, फुलचोकी, नगरकोट, साँखु, नमोबुद्धलगायत ठाउँमा म हाइकिङ गइरहन्छु,’ उनी भन्छन्, ‘साथी भेटेमा साथीसँगै र कहिलेकाहीँ एक्लै पनि हिँड्छु। हाइकिङकै क्रममा एकान्त ठाउँ खोजेर घन्टौँ ध्यान पनि गर्छु। यसले मन स्थिर र शान्त बनाउँछ। शारीरिक र मानसिक फिटनेसका लागि योगा राम्रो माध्यम हो।’

लामा प्रकृतिप्रेमी हुन्। उनको अर्को विशेषता हँसिलो अनुहार हो। ‘कतिपयले मलाई डिम्पल ब्वाई पनि भन्छन्। यो हाँसो गडगिफ्टेड नै हो,’ उनी भन्छन्, ‘म आफू र अरूलाई निराश बनाउँदिनँ। सकेसम्म हँसाउँछु। हिँड्दा गीत गुनगुनाउँछु।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×