काठमाडौँ - उज्बेकिस्तानको फर्गानामा १ जुलाई देखि आयोजना भइरहेको एसिया हाप्किडो च्याम्पियनसिप २०२२ मा नेपालले स्वर्ण पदक जितेको छ।
हाप्किडो राष्ट्रिय खेलाडी विजया कुमारी वाइवाले महिला तर्फ ५० देखी ५५ तौल समूहमा स्वर्ण पदक प्राप्त गरेकी छिन। शुक्रबार भएको खेलमा उनले सो पदक हात पारेकी हुन्।
यस्तै पुरुष तौल समूह तर्फ ७० देखी ७५ तौल समूहमा प्रवीण गुरुङले कास्य पदक प्राप्त गरेका छन्। ६० देखी ६५ तौल समूहमा गुमान घर्ती मगरले कास्य पदक प्राप्त गरेको नेपाल मार्शल आट्र्स हाप्किडो संघ अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगरले रातोपाटीलाई जानकारी दिएका छन्।
आज महिला तर्फ ४५ देखी ५० तौल समूहमा कृती गिरिको प्रतिस्पर्धा हुँदैछ।
एसियाली हाप्किडो प्रतियोगितामा सहभागी हुन नेपाल मार्शल आट्र्स हाप्किडो संघ अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका समेत अध्यक्ष काली बहादुर घर्तीमगरको नेतृत्वमा ७ सदस्य टोली मंगलवार उज्जेकिस्तान प्रस्थान गरेको थियो।
प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तथा गण्डकी प्रदेश हाप्किडो संघकी उपाध्यक्ष तारामाया थापा टिम व्यवस्थापक रहेक छन्।