वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी

काठमाडौं– वैदेशिक रोजगारका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा घर भई चन्द्रागिरि बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ घर भई  वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् ।

सत्यन्द्रले जानुका निरौलासमेतलाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु र क्यानडा पुगेर राम्रो काम लगाइदिन्छु, भन्दै ६८ लाख २० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार अनामनगरबाट पक्राउ गरेको हो ।

त्यस्तै, विवेकले सनिशा चौधरी समेत ३ जनालाई माल्टा पठाइदिन्छु भन्दै आकर्षक तलबको प्रलोभन देखाई तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बागबजारबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×