होटल हायात प्यालेसले जारी गर्दै आईपीओ

काठमाडौँ। एकहप्ता अघिमात्रै सञ्चालनमा आएको होटल हायात प्यालेसले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। होटलले साधारण सेयर निष्कासनको लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

हायात प्यालेसले जारी पूँजीको १० प्रतिशत सेयर अंकित मूल्य १००मा आईपीओ जारी गर्ने छ। १५३ कोठा रहेको पाँचतारे होटलमा लाइभ म्युजिक सहितको रेष्टुरेन्ट, ब्याङ्क्वेट हल, जिम, स्विमिङ पुल, ४ सयजनासम्म क्षमता भएको कन्फरेन्स हल रहेको छ। गोल्याण ग्रुपको मुख्य लगानी रहेको होटलमा कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतको लगानी रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×