प्रदेश सभामा एकल बहुमत कठिन

काठमाडौँ - आगामी निर्वाचनमा प्रदेश सभातर्फ राजनीतिक दलले सातवटै प्रदेशमा एकल बहुमत पाउन कठिन देखिएको छ। सातवटै प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ राजनीतिक दलका उम्मेदवारको सङ्ख्यालाई आधार मान्दा दलले एकल बहुमत पाउने सम्भावना न्यून देखिएको हो।

२०७४ मा पहिलो पटक प्रदेश सभाको निर्वाचन हुँदा छवटा प्रदेशमा तत्कालीन नेकपाले बहुमत पाएको थियो। हाल नेकपा विभाजन भई तीनवटा दल गठन भएका छन्। विभाजित दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जाँदा नेकपा (एमाले) कमजोर बनेको छ। स्थानीय तहको निर्वाचनको परिणामले समेत उक्त तथ्यलाई पुष्टि गरिसकेको हो। 

गत वैशाख ३१ मा सम्पन्न स्थानीय निर्वाचनमा नेकपा ९एमाले० २०५ स्थानीय तहको प्रमुख पदमा सीमित हुन पुग्यो। कांग्रेसले ३२९ स्थानीय तहको प्रमुख पद जिते पनि एकल बहुमत आउने गरी उसले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको छैन।
गोरखापत्र दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×