काठमाडौँ - भारतमा ६८औं नेशनल फिल्म अवार्ड घोषणा भएको छ। शुक्रबार भएको घोषणामा अजेय देवगन र दक्षिण भारतीय फिल्मका अभिनेता सूर्या उत्कृष्ट भएका छन्।
अजेयले 'तान्हाजी द अनसङ्ग वरियर'का लागि बेस्ट एक्टर अवार्ड जित्दा सूर्याले 'सोरारई पोटरु'का लागि जितेका हुन्। यो फिल्मले अन्य ५ विधामा पनि अवार्ड जितेको छ। उत्कृष्ट फिचर फिल्मको विधा पनि तमिल भाषाको यही फिल्मले जितेको हो। यही फिल्मकी अभिनेत्री अर्पणा बालमुरलीले उत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन्।
यस्तै उत्कृष्ट हिन्दी फिल्म भने 'तुलसीदास जुनियर' रह्यो। पपुलर फिल्मको अवार्ड पनि तान्हाजीले नै जित्न सफल भयो। उत्कृष्ट संगीत निर्देशनको अवार्ड भने विशाल भारद्वाजले फिल्म '१२३२ किलोमिटर'का लागि जितेका छन्।
कोरोना महामारीबाट सिर्जित अवस्थाका कारण यसवर्ष सन् २०२० का फिल्मलाई अवार्ड दिइएको थियो।