अफगानिस्तानलाई संयुक्त राष्ट्रसंघको तीन करोड २० लाख अमेरिकी डलर सहायता

काबुल । संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई तीन करोड २० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गरेको छ ।

सहायता रकम अफगानिस्तान इन्टरनेशनल बैंक (एआइबी) मार्फत् बिहीबार तालिवान सरकारलाई दिइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अफगानिस्तानको केन्द्रीय बैंक, डा अफगानिस्तान बैंकले अफगानिस्तानलाई संयुक्त राष्ट्रसंघीय सहायता आइरहेको र उनीहरूले तीन करोड २० लाख अमेरिकी डलर नगद प्राप्त गरेको समाचार एजेन्सीले जनाएका छन् ।

उक्त सहायता रकम संयुक्त राष्ट्रसंघले सन् २०२२ मार्चसम्म साप्ताहिक रूपमा अफगानिस्तानलाई उपलब्ध गराउने भनेको तीन करोड अमेरिकी डलर सहयोग कार्यक्रमको एक भाग हो ।

तालिबानले अगस्त १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि अफगानिस्तानमा आर्थिक, मानवीय र सुरक्षा संकट गहिरो बन्दै गएको छ ।

तालिवान समूहले अफगानिस्तानको सत्ता आफ्नो नियन्त्रणमा लिएसँगै अमेरिका तथा यूरोपेली मुलुकहरूले विदेशमा रहेको अफगानिस्तानी सम्पत्ती रोकेपछि वैदेशिक सहायतामा आश्रित अफगानी अर्थतन्त्र सङ्कटग्रस्त बनेको बताइँदै आएको छ ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×