अस्पतालका शौचालय : बस्न हैन,पस्नै गाह्रो

काठमाडौँ - वीर अस्पतालको आकस्मिक कक्षपछाडिको शौचालयमा शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ, पस्नै कठिन छ। जसोतसो भित्र पसे शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ। पिसाब फेर्ने प्यानमै खैनी, परागजस्ता पदार्थ खाएर थुकेको हुन्छ। शौचालयको एउटा ढोका कुहिएको छ, अर्को खुलै रहन्छ।

दिसा गर्ने प्यानको माथितिर फोहोरै फोहोर हुन्छ । शौचालयभित्रै पानीका बोतल, कपडाजस्ता वस्तु धेरै समयदेखि छन्। शौचालय सफा गर्ने कर्मचारीले त्यता ध्यान दिएको हुँदैन। वीर अस्पतालकै एक तलामाथि रहेको अर्को शौचालय पनि त्यस्तै छ। जताततै फोहोरै फोहोर। प्रायः सबै पिसाब नल भरिएका छन्। त्यसको सिधा आकस्मिक ल्याब अगाडि भने कर्मचारीका लागि मात्र छुट्टै शौचालय व्यवस्था छ। 

त्यहाँ सर्वसाधारणलाई शौच गर्न ताल्चा लगाइएको हुन्छ। अस्पतालको कुनै कर्मचारीलाई शौच लागेमा चाबी लिएर आउँछन् र शौच गरेर जान्छन्। सर्वसाधारणले प्रयोग गर्ने शौचालयभन्दा अस्पतालकै कर्मचारी तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने शौचालय भने राम्रो छ। आजको गोरखापत्र दैनिकमा समाचार छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×