बढ्यो सुन र चाँदीको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
योसँगै छापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा र तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ आज प्रतितोला ५ रुपैयाँले महंगो भएको छ। योसँगै चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

गत शुक्रबार छापावाल सुन १ लाख १८ हजार, तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० र चाँदी १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×