कलाकार राजु महोत्राको शव झुण्डिएको अवस्थामा फेला

बुटवल - बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन्।

करिब ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए। महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

महोत्रा कलाकारितासँगै विभिन्न व्यवसायमा पनि आवद्ध थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×