काठमाडौँ - इङ्लिस प्रिमियर लिगमा चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध भएको छ।
आइतबार राति भएको खेलमा लिड्सले चेल्सीलाई ३-० ले पराजित गरेको हो। लिड्सको जितमा ब्रेन्डेन आरोन्सन, रोड्रिगो मोरेना र ज्याक ह्यारिसनले १-१ गोल गरेका थिए।
खेलको ३३औं मिनेटमा आरोन्सनको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो। त्यसको ५ मिनेटपछि मोरेनाले हेडर गोलमार्फत लिड्सको अग्रता दोब्बर पारेका थिए। यस्तै, ६९औं मिनेटमा ह्यारिसनले तेस्रो गोल गरेका थिए।
लिड्सले पछिल्लो पटक चेल्सीलाई सन् २००२ मा २-० ले पराजित गरेको थियो। जितसँगै ३ खेलबाट ७ अंक जोडेको लिड्स तेस्रो स्थानमा उक्लिएको छ।
थोमस टचेलको प्रशिक्षणमा रहेको चेल्सीको यो पहिलो हार हो। ३ खेलबाट ४ अंक जोडेको चेल्सी तालिकाको १२औं स्थानमा रहेको छ।