दाङका छ पालिकामा भेरोसिल खोपको पहिलो मात्रा

काठमाडौँ । दाङका छओटा पालिकामा आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो। जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्रमा आजदेखि बिहीबारसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाइने उक्त कार्यालयले जनाएको हो।

ती पालिकाका करिब ६० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ। यस पटक लगाएका उनीहरूलाई दोस्रो मात्रा आउँदो पुस १५ देखि १९ गतेसम्म लगाइने भएको छ। यसअघि, गत मङ्सिर १२ गतेदेखि १७ गतेसम्म तुलसीपुरसहित पश्चिम दाङको शान्तिनगर, दङगीशरण र बबई गाउँपालिकामा भेरोसिलको पहिलो मात्रा खोप लगाइएको थियो।

उनीहरूलाई आउँदो पुस ४ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप लगाइने जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×