नेपाल एसीसी महिला टी-२० च्याम्पियन्सिपको सेमिफाइनलमा

काठमाडौँ - नेपाल एसीसी महिला टी-२० च्याम्पियनसीपको सेमिफाइनल प्रवेश गरेको छ। मलेसियामा जारी प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत लगातार ३ खेल जित्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो। 

अन्तिम चारमा स्थान बनाउँन नेपालले तेस्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गरेको हो। ७ ओभरमा झारिएको खेलमा नेपालले पाएको १५ रनको लक्ष्य २ विकेट गुमाएर ३ ओभर ४ बलमा पुरा गर्‍यो। 

नेपालका लागि सिता रानामगरले ४ रन जोडिन्। बहराइनका लागि पाथिभरा सेट्टी र भिलसिटा बारबोजाले १/१ विकेट लिए। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले ७ ओभरमा ६ विकेट गुमाएर केवल १४ रन जोडेको थियो। बहराइनलाई सस्तैमा समेट्न कविता कुँवर र सवनम राईले समान २/२ विकेट लिए। अस्मिना कर्माचार्यले १ विकेट लिइन्।

नेपालले यस अघि भुटान र कुवेतलाई पराजित गरेको थियो  लगातर ३ खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। अब नेपालले समुह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्ने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×