‘सी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लियो सानेपा

काठमाडौँ - सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत मंगलबारको पहिलो खेलमा सानेपा क्लब विजयी भएको छ। प्रतियोगिताको चौथो जित निकाल्ने क्रममा सानेपा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रानीबारी स्पोर्ट्स क्लबविरुद्ध ३–१ ले विजयी भएको हो। 

 खेलको ४१ औं मिनेटमा दीपक बिकले रानीबारीलाई अग्रता दिलाएका थिए। ६८ औं मिनेटमा बिबस मगरले पेनाल्टीमार्फत गोल गर्दै सानेपालाई १–१ को बराबरीमा ल्याएका थिए। ८२ औं मिनेटमा खेम राज तामाङले गोल गरेपछि टोली २–१ ले अघि बढ्यो। 

थप गरिएको समयमा रवीन बमले गोल गर्दै सानेपालाई ३–१ को सहज जित दिलाएका हुन्। जितसँगै सानेपा तेस्रो स्थानमा उक्लिएको छ।​ सानेपाले ७ खेल १३ अंक जोड्दा पाराजित रानीबारीको समान खेलबाट ७ अंकका साथ नवौं स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×