फोटोमा बलिउड अभिनेता अमिताभसँग शिव

काठमाडौँ- अभिनेता शिव श्रेष्ठले शनिबार बिहानै मेमोरीमा रहेको एउटा फोटो सामाजिक सञ्जालमा सेयर गरे। उनले सेयर गरेको फोटोमा अमिताभ बच्चन भएकोले सजिलै धेरैको ध्यान खिचिएको छ।

५ वर्ष अगाडि पनि सेयर गरेको यो फोटोमा शिवले अमिताभसँगै अभिषेक बच्चनसँग पनि रहेको जनाएका छन्। ४१ वर्ष अघि खिचिएको फोटोको लोकेसन मलेखु हो। शिव पहिलो फिल्म ‘जीवनरेखा’ सुटिङ गर्ने क्रममा अमिताभसँग भेट भएको हो। 

अमिताभ  ‘महान’ फिल्मको सुटिङका लागि नेपाल आएको र यो फिल्मको पनि सुटिङ मलेखुमा हुँदा भेटघाट भएको शिवले जनाएका छन्। 

शिवका अनुसार उनलाई अमिताभसम्म निर्देशक प्रकाश थापाले पुर्याएका थिए। ‘महान’ को सुटिङमा टेकको तयारी हुँदै गर्दा शिवले अमिताभलाई भेटेका हुन्। निर्देशक थापाले शिवलाई सिधै अमिताभ बच्चनकोमा लिएर गए। ‘प्रकाश दाइलाई देखेपछि अमिताभ बच्चनले त झुकेर खुट्टा छुन खोजे। प्रकाश दाइले रोक्नु भयो। प्रकाश दाइलाई अमिताभ बच्चनको त्यो स्तरको सम्मान देखेर हामी सबै चकित पर्‍यौँ,’ शिवले सम्झना गरे।

त्यसपछि उनले अमिताभसँग फोटो खिचाएका हुन्। फोटो खिच्नुअघि अमिताले शिव श्रेष्ठलाई भने ‘तो आप भि हिरो अच्छा करना।’ नर्भस शिव श्रेष्ठले टाउको मात्र हल्लाए। प्रकाशले अमिताभको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ मा प्रकाश थापाले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका रहेछन्। त्यही कारण उनले प्रकाशलाई सम्मान गरिरहेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×