कमिसन नबढाउँदा पेट्रोलियम व्यवसायीहरु आन्दोलित : व्यवसायीहरुले गरे ढुवानी बन्द

काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य बढाए पनि बिक्रेताले पाउने कमिसन नबढाउँदा व्यवसायीहरु आन्दोलित भएका छन्। उनीहरुले अत्यावश्यक वस्तुका रुपमा रहेको इन्धन ढुवानी बन्द गरेका छन्। निगमको कमिसन पुरानै यथावत् राख्ने निर्णयको विरोधमा पेट्रोलियम व्यवसायीहरुले ढुवानी बन्द गरेका हुन्।

बिहीबार रातिदेखि देखि नयाँ मूल्य लागू भएपछि प्रतिशतको आधारमा कमिसन वृद्धि हुँदा व्यवसायीलाई प्रतिलिटरमा थप ०.१५ पैसा कमिसन दिनुपर्थ्यो। तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दैनिक उकालो लाग्दा निगमको नोक्सानी चुलिएको छ। जसले गर्दा निगम सञ्चालक समितिले बिक्रेता कमिसन हाललाई फागुन ७ गते कायम भए अनुसार नै यथावत राख्ने निर्णय गरेको थियो। त्यसको विरोधमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले डिपोबाट इन्धन ढुवानी रोकेको हो।

थानकोट डिपोबाट औसतमा दैनिक ७ सय देखि ८ सय किलोलिटर पेट्रोल र १ हजार देखि १ हजार १ सय किलोलिटर डिजेल बिक्री/वितरण हुन्छ। एक दिनको ढुवानी अवरोधले पम्पहरुमा सर्वसाधरणको लाइन बढ्ने जानकारहरु बताउँछन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×