मालामाल हुने धुनमा कुटाइममा हल संचालन गर्नेलाई कारवाहिको तयारी

काठमाडौँ -  अत्यन्त चर्चा बटुलेको दक्षिण भारतीय चरचित्र 'केजीएफ च्याप्टर २' हिजो बाट हलहरुमा प्रदर्शन भयो। यस फिल्ममा दर्शकको फ्लो अत्यधिक देखिएपछि केहि हलहरुले मालामाल व्यापार हुने धुनमा बिनाअनुमति कुटाइममा हल संचालन गरेको पाइएको छ। केएल टावरमा रहेको एफ क्यूव र सिटी सेन्टरमा रहेको विग मुभिज क्रमशः आज राति १ बजे र तीन बजे खोलिएका थिए। यसरी बिना अनुमति हल खोलिएको मा उनीहरु दण्डित हुनुपर्ने देखिएको छ।

कोरोनाको कहर शान्त भएसँगै पछिल्लो समय मनोरञ्जन क्षेत्रलाई सरकारले २४ घन्टा खुल्ला गरेको छ। तर, सिनेमा हलको हकमा नियमित भन्दा बढी शो सञ्चालन गर्नका लागि चलचित्र विकास बोर्डबाट अनुमति लिनुपर्ने हुन्छ। तर बोर्डका अनुसार ती दुवै हलले बोर्डसँग अनुमति लिएका थिएनन्। 

नियम उल्लंघन गरेर हल चलाइएकाले कारवाहीका लागि बोर्डले आज बिहानै आन्तरिक राजश्व कार्यालयमा पत्राचार गर्ने जानकारी दिएको छ। अनुमतिबिना हल सञ्चालन गरेर दर्शकसँग मनोमानि पैसा उठाइएको भन्दै तिनीहरुले बेचेको टिकटमाथि छानविन गर्न बोर्डले आन्तरिक राजश्वलाई पत्र पठाएको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×