भारत। बलिउड अभिनेता आमिर खानको बहुप्रतीक्षित चलचित्र ‘लाल सिंह चड्ढा’ को प्रदर्शन मिति सारिएको छ। १४ अप्रिलमा प्रदर्शनमा आउने भनिएको चलचित्रको मिति सारेर ११ अगस्टमा पुर्याईएको छ।
आमिर खान प्रोडक्सनले सामाजिक सञ्जाल मार्फत चलचित्रको प्रदर्शन मिति सरेको जानकारी दिएको हो। सञ्जालमा लेखिएको छ ‘हामी लाल सिंह चड्ढा’ ११ अगस्टमा रिलिज हुने घोषणा गर्दछौँ। हाम्रो फिल्म अझै तयार नभएकोले हामीले यो निर्णय लिएका हौँ।’
चलचित्रमा आमिरको अलवा करिना कपुर, नागा चैतन्य आदि कलाकारहरुको अभिनय रहेको छ। चलचित्रलाई अद्धेत चन्दले निर्देशन गरेका हुन्।