काठमाडौँ - निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीअनुसार सुदूरपश्चिम प्रदेशको मतदाता सङ्ख्या १६ लाख ३२ हजार १५० रहेको छ।
पुरुष मतदाताको सङ्ख्या आठ लाख ६६२, महिला मतदाताको सङ्ख्या आठ लाख ३१ हजार ४७० र अन्य १८ रहेको छ। सुदूरपश्चिम प्रदेशमा मतदानस्थलको सङ्ख्या एक हजार १३५ र मतदान केन्द्रको सङ्ख्या दुई हजार १०२ रहेको छ। स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ।