भारत। भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले बुधवार आफ्नो आउँदो एनिमेटेड ग्राफिक नोवेल 'अथर्व: द ओरिजिन'बाट आफ्नो पहिलो झलक सार्वजनिक गरेका छन्। धोनीले स्वयम् आफ्नो यो माइथोलोजिकल साइंस फिक्शन नोवेलको पहिलो झलक सामाजिक सञ्जालमार्फत शेयर गरेका हुन्। टीजरमा धोनी अघोरी 'अथर्व'को भूमिकामा देखिएका छन्। महेन्द्र सिंह धोनीले 'अथर्व: द ओरिजिन'को पहिलो झलक सार्वजनिक गर्दै लेखेका छन् "मेरो नयाँ अवतार तपाईहरु समक्ष प्रस्तुत् गर्न पाउँदा खुशी छु ...'अथर्व'।"