प्रधानमन्त्री कप क्रिकेट: गण्डकी र एपीएफले बाँडे अंक

काठमाडौँ - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश र नेपाल एपीएफ क्लबबीचको खेल बराबरी भएको छ। खेल बराबरी भएसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्। योसँगै सेमिफाइनल समीकरण रोमाञ्चक बनेको छ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले दिएको १ सय १६ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी ३१ ओभरमा १ सय १५ रन बनाउँदा अलआउट भयो। 

गण्डकीका लागि अभिषेक बस्नेतले २४ तथा अर्जुन कुमालले १८ रन बनाएका थिए। कप्तान विपिन खत्री १७ रनमा पवेलियन फर्के। कमल परियाले ११ रन थपेका थिए। एपीएफका लागि मौसम ढकाल र किशोर महतोले समान ४ विकेट लिए। भुवन कार्कीले २ विकेट झारेका थिए।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफ ३५.१ ओभरमा १ सय १५ रनमा अलआउट भयो। समयमा नै खेल सुरु हुन नसकेपछि ४३ ओभरमा छोट्टाईएको थियो। एपिएफका लागि भुवन कार्की २४ रनमा नटआउट रहेका थिए। लोकेश बम २२, पुरन विक २३, सन्दीप जोरा २२ र अमरसिंह राउटेला १३ रनमा पवेलियन फर्के।

गण्डकीका लागि अर्जुन कुमाल  र अमृत गुरुङले समान ३ विकेट लिएका थिए। सुवास भण्डारीले २ विकेट लिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×