कोरोना संक्रमण रोक्न स्मार्ट लकडाउन गर्न सिफारिस, २५ जनाभन्दा बढी भेला हुन रोक

काठमाडौं । देशमा कोरोना भाइरसबाट संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि सरकारले स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतवार बसेको बैठकले स्मार्ट लकडाउनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ । त्यस्तै सरकारले देशभरिको विद्यालय माघ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

बैठकले राजनीतिक दलहरूलाई ठूला भेला–कार्यक्रम नगर्न र विभिन्न संघ–संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×