प्रकोप प्रभावितका लागि भारतद्वारा राहत सामग्री सहयोग

काठमाडौं - भारतले बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आज बिहान गृहमन्त्रालयमा एक कार्यक्रमबीच भारतीय जनता र भारत सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणलाई ती सामग्री हस्तान्तरण गरे।

भारतले नेपाललाई तीन हजार थान टेन्ट र १० थान ‘रबर बोट’ उपलब्ध गराएको हो। सामग्री बुझ्दै गृहमन्त्री खाणले प्राकृतिक प्रकोप प्रभावितहरूलाई प्राप्त सहयोगप्रति भारतीय जनता र त्यहाँको सरकारलाई धन्यवाद दिए। नेपाल बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक प्रकोपमा पर्दा भारत सरकारबाट सहयोग भइरहेको भन्दै उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे।

कार्यक्रममा राजदूत श्रीवास्तवले मनसुनको सुरुवातमा राहत सामग्री हस्तान्तरण गर्न पाएकोमा खुसी जनाउँदै आउँदा दिनमा पनि थप सहायता गर्ने वचन दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×