राष्ट्रिय क्रिकेट टिमबाट अलग भएको सन्दीपको घोषण

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टोलीबाट अलग भएको घोषणा गरेका छन्।

बलात्कार मुद्दामा दोषी ठहर भएसँगै नेपाल क्रिकेट संघ (क्यान) लाई एक पत्र लेख्दै लामिछानेले आफू राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका हुन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गरेर सन्दीपले लेखेको पत्रमा सन्दीपले आफू अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरेका छन् ।

क्रिकेट टोलीबाट बाहिरिने निर्णय गरेका सन्दीपले आफू न्यायका लागि उच्च अदालत जाने पनि बताएका छन् । ‘मलाई थाहा छ कि म निर्दोष छु । तर, देशको कानून र हाम्रो न्याय प्रणालीप्रति मेरो गहिरो सम्मान छ र मसँग फैसला स्वीकार गर्नुको विकल्प छैन, यो विश्वासले मलाई कुनै पनि तरिकाले खेलिरहन नैतिकताले दिँदैन । तसर्थ, अदालतबाट निर्दोष प्रमाणित नहुञ्जेलसम्म क्यानले राष्ट्रिय क्रिकेट टिममा दिएको जर्सीमुनि खेल्नबाट म अलग भएको छु । क्यानले मेरो यो रिक्युजल (खेलबाट अलग हुने) को स्थिति बुझ्ने छ’, सन्दीपको भनाइ छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×